19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

हाते ब्याग तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४  

कोहलपुर, २८ जेष्ठ /  संकल्प जनसेवा बहुउद्देश्य सहकारी संस्थाले सञ्चालन गरेको एक महिने हाते व्याग बनाउने तालिम शनिबार सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालित तालिममा १९ जना महिलाहरुको सहभागिता थियो । समापन समारोहमा तालिम सहभागीहरुलाई प्रमाणपत्र दिइएको थियो ।

त्यस्तै अध्यक्ष संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष भारती खनालको सभापत्विमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।कार्यक्रमको संचालन संस्थाका सचिव मधु पौडेलले गरेकी थिइन् । (प्रशिक्षार्थी)

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     12:13:47 PM  |