5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

एमालेको प्रचारप्रसार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४  

कोहलपुर, २६ जेष्ठ  / एमाले कोहलपुुरले कोहलपुुर नगरपालिकाका पन्ध्र वटै वडामा चुनावी अभियानलाई तीव्रता दिएको छ ।
कोहलपुर नगरपालिकामा एमालेले अघि सारेका प्रमुुख पदका उम्मेदवार लुट बहादुर रावत र उपमेयरका उम्मेदवार कृष्ण कुमारी थारु लगायत वडाका उम्मेदवारहरुलाई चुुनावी अभियानमा पुुग्न भ्याई नभ्याई भैैरहेको चुनाव प्रचार प्रसार समिति कोहलपुरले बताएको छ ।
यसैगरि एमालेले स्थानीय घोषणा पत्रमा सबैका समस्याहरुलाई लिपिबद्ध गरि अघि सारेको एमाले ५ नम्बर प्रदेशका निर्वाचन परिचालन कमिटिका सदस्य पुुजन विश्वकर्माले जानकारी दिए ।
अहिले जटिल बनेको सुुकुम्वासी समस्या समाधान गर्ने, कोहलपुरलाई स्मार्ट र ग्रिन सिटिका रुपमा अघि सार्ने मेयरका उम्मेदवार रावतले बताए । एमालेले कोहलपुुर नगरपालिका वडा नं.१ मा चुनावी ¥यालीका साथै चुुनावि सभा सम्पन्न गरेको छ ।
नगरका पन्ध्र ओटै वडाहरुमा घरदैलो, ¥याली र चुुनावी सभाहरु सम्पन्न भएको नगर इन्चार्ज बसन्ती अधिकारीले बताइन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     3:23:42 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *