भूमिसुधारका नायव सुब्बा घुस सहित पक्राउ



केशव राना, कोहलपुर, २४ जेष्ठ  / जिल्ला भूमिसुधार कार्यालय बाँकेका एक जना नायब सुब्बा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै नायव सुब्बा शैलेन्द्र कुमार कर्णलाई २४ जेष्ठ दिउँसो पक्राउ गरेको हो ।
मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा भूमि सुधार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
दुई दिन अघि मालपोत कार्यालयका दुईजना कर्मचारीहरुलाई ४ लाख ९८ हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको थियो ।

यो पनि हेर्नुहोस्

Breaking News: फेरी नेपालगन्जबाट २० हजार घुस लिदालिदै नायब सुब्बा अख्तियारको फन्दामा

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ २४ गते बुधबार