8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

सम्शेरगञ्जमा एम्बुलेन्सको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४  

कोहलपुर, २४ जेष्ठ  / कोहलपुर नगरपालिका १४ र १५ (साविकको सम्शेरगञ्ज गाविस) का लागि एम्बुलेन्सको आवश्यकता देखिएको छ । यस क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन विभिन्न समस्या झेल्नुपरेको भन्दै एम्बुलेन्सको माग गरिएको हो ।
‘कोहलपुर तथा राँझाबाट एम्बुलेन्स ल्याउँदा ढिलो हुने र शुल्क पनि बढी लाग्ने समस्या छ’ समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले भने । उनले यस क्षेत्रका लागि पनि एम्बुलेन्सको व्यवस्था हुनुपर्ने बताए ।
समाज सेवा संस्था नेपालले एम्बुलेन्स संचालनका लागि अभियान थाल्ने भएको छ । यसका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको अध्यक्ष थापाले बताए ।
यता नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष शुष्मा शर्माले एम्बुलेन्सका लागि भारतीय राजदुतावासमा पहल गर्ने बताएकी छन् । उनले विभिन्न प्रक्रिया पु¥याई आएमा भारतीय राजतुवासमा एम्बुलेन्सका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
सपथ ग्रहण
समाज सेवा संस्था नेपाल बाँकेको प्रथम साधारणसभाबाट चयन भएको नयाँ कार्यसमितिको सपथ ग्रहण गराइएको छ । मंगलबार एक कार्यक्रम गर्दै संस्थाका पदाधिकारी, सदस्यहरुलाई पदस्थापनाका साथै सपथ ग्रहण गराइएको हो ।
बरिष्ठ अधिवक्ता लोकबहादुर शाहले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन् ।
प्रथम साधारणसभाबाट अध्यक्षमा बिनोद थापा, उपाध्यक्षमा रामराज चौधरी, महासचिव विपिन पौडेल, सचिव विष्णु आले, सहसचिव रोजी घर्ती, कोषाध्यक्ष कल्पना चन्द, सदस्यहरु रमेश घर्ती, चन्द्रबहादुर राना, शशिराम सार्की, गोकुल तिमिल्सेना र शोभा परियार चयन भएका
हुन् ।
आर्थिक सहयोग
सपथ ग्रहण कार्यक्रमको अवसर पारेर समाज सेवा संस्था नेपालले पाठेघरमा क्यान्सर भएर उपचार गराइरहेकी बर्दियाकी चित्रा कुमारी शर्मालाई आर्थिक सहयोग गरेको छ । विभिन्न विद्यालयका विद्यार्थीहरुबाट संकलित सहयोग रकम १६ हजार १ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।
दीपज्योति विद्याश्रम, दिव्य विद्यासदन, ज्ञानज्योति मावि बयिया, नमुना विद्या सदन र साइनिङ्ग स्टार इमी स्कुलका विद्यार्थीहरुबाट रकम संकलन गरिएको हो । आफ्नो खाजा खर्च कटाएर विद्यार्थीहरुले सहयोग गरेको संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।
नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष शुष्मा शर्माको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण तथा आर्थिक सहयोग कार्यक्रममा बरिष्ठ अधिवक्ता लोकबहादुर शाह, नेपाल बसोबास वस्ती संरुषण समाजका केन्द्रीय सदस्य धना आले, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका उपसभापति गौरा भट्टराई, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     12:20:31 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *