16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

देउवाले भन्नुभयो ‘धेरै बोल्न चाहन्न,काम गर्न चाहन्छु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४  

 देउवाले भन्नुभयो ‘धेरै बोल्न चाहन्न,काम गर्न चाहन्छु’

देउवाका प्राथमिकता

काठमाडौ : काँग्रेस सभापति शेरबहादुर देउवाले आफनो नेतृत्वमा बन्ने सरकारका प्राथमिकता निर्धारण गर्नु भएको छ । संसदमा आफनो उम्मेदवारीका सूचना दर्ता गराउने क्रममा देउवाले प्राथमिकता निर्धारण गर्नु भएको हो ।

स्थानीय तह,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने,मधेशी जनताको भावना सम्बोधन हुने गरी संविधान संशोधन गर्ने,आर्थिक सुधारमा ध्यान केन्द्रित गर्ने र पूर्वाधारको विकासमा ध्यान दिने आफनो नेतृत्वको सरकारको प्राथमिकता रहने उहाँले बताउनुभयो ।
आफूलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आफनो सम्मान बढेको बताउँदै देउवाले भन्नुभयो ‘प्रचण्ड म्यान अफ द कमिटमेन्ट बन्नु भएको छ ।’ नेपालमा शान्ति स्थापना गराउन भूमिका निर्वाह गर्ने स्वर्गीय गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई देउवाले धन्यवाद दिनुभयो । शान्ति, राजनीतिक स्थिरता भए विदेशी पुँजी ल्याउन कठिन नभएको पनि देउवाले बताउनुभयो । बिश्व बैक,एशियाली विकास बैंक
भारत नेपालको सम्बन्ध सुधार गरी लगानी भित्रयाएर देशको विकास गर्न सकिने पनि देउवाले बताउनुभयो ।
भारत र चीनसँग सम्बन्ध उल्लेख गर्दै देउवाले भन्नुभयो‘नेपाली भूमि भारत र चीनको विपक्षमा उपयोग हुने दिनु हुँदैन । दुई छिमेकीसँग सुमधुर सम्बन्ध राख्न सके देश समृद्ध हुन्छ ।’
देउवाले भन्नुभयो ‘धेरै बोल्न चाहन्न,काम गर्न चाहन्छु ।’

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४     6:03:46 PM  |