मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४
नेपालगन्ज
अख्तियार सम्पर्क कार्यालय कोहलपुरका सुचना अधिकारी निराजन शर्माका अनुसार घुस लिदालिदै पक्राउ पर्नेमा मालपोत कार्यालयका खरिदार नर बहादुर सारुमगर र लेखापढी व्यवसायी सर्जु थापा रहेका छन् ।
काँरकाँदो स्थित जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर मागेको घुसको रकम बुझ्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।