9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

माओवादीले ग¥यो बुद्धिजिवीसँग भेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४  

कोहलपुर, २१ जेष्ठ   / नेकपा माओवादी केन्द्र कोहलपुरले शनिबार बुद्धिजिवीसँग भेटघाट गरेको छ । कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने सहितको माओवादी केन्द्रको चुनावी प्रचार प्रसार अभियान टोलीले बुद्धिजिवीसँग भेटघाट गरेको हो ।
युवा र भिजन भएको नेता भएकाले न्यौपानेलाई मेयरमा जिताउनका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । राजनैतिक शास्त्रमा स्नातकोत्तर गरिसकेका न्यौपानेलाई मेयरमा जिताए मात्रै कोहलपुरले फड्को मार्ने उनीहरुले निष्कर्ष निकाले । कार्यक्रममा प्रध्यापक, शिक्षक, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा न्यौपानेले कोहलपुरको विकासका लागि आफूसँग विभिन्न योजनाहरु भएको बताए ।
अव्यवस्थित बसोबासलाई वैज्ञानिक ढंगले व्यवस्थित गरी लालपुर्जा दिने, कृषिमा ५० प्रतिशत अनुदान, पर्यटन प्रवद्र्धन गरिने, ५० सैयाको सरकारी अस्पताल बनाइने, एक वडा एक खेलमैदान, अत्याधुनिक विद्युतीय शवदाह निर्माण, स्थानीय जनशक्तिलाई प्राथमिकता, संवेदनशिल क्षेत्रमा सिसि क्यामरा जडान, एक घर एक रोजगार, सुविधायुक्त आइटी पार्क, गैरसरकारी संस्थाहरुलाई एकद्वार नीति अन्तरगत परिचालन गर्ने लगायतका योजनाहरु सुनाए ।
माओवादी केन्द्रले विभिन्न वडाहरुमा चुनावी सभा, घरदैलो अभियानलाई निरन्तरता दिएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     2:15:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *