मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४
शनिवार, जेठ २०, २०७४ / निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने भएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा महानगरपालिकाको वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने र मतदान रद्द गरिएका केन्द्रमा पुनः मतदान गराउने उल्लेख छ ।
भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना भइरहेकाबेला १४ जेठ राति विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।
