कोहलपुर, २० जेष्ठ / बर्दियाको बाँसगढी सामुदायिक पुस्तकालयमा एक दिने युवाहरुको लागि मोटिभेसन तथा करिअर गाईडनेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रेष्टलेस डेभ्लभमेन्ट नेपालको सहयोगमा बाँसगढी सामुदायिक पुस्तकालय युवा समुहको आयोजना कार्यक्रम गरिएको
हो ।
कार्यक्रममा युवाहरुलाई बिशाल कुमार गुप्ता र सागर कार्कीले सहजिकरण गरेका थिए । बाँसगढी सामुदायिक पुस्तकालय युवा समुहका
संयोजक एकनारायण अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा बाँसगढी नगरपालीका भित्रका करिब १ सय २० जना युवाहरुको सहभागीता रहेको
थियो ।
युवाहरुको व्यबहारमा सकारात्मक परिवर्तनसँगै नेतृत्व विकास र क्षमता अभिबृद्धिमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको युवा संयोजक एकनारायण अधिकारीले बताए ।
पुस्तकालयले एक साता अगाढी मात्रै जनता मावि बेलवा, नेरा मावि लक्ष्मणपुर र बाँसगढीमा गरी ३ स्थानमा यौन तथा प्रजनन् अधिकार र जीवनउपयोगी सीप मुलक तालिम दिइसकेको छ । बाँसगढी नगर भित्रका करिब १ सय जना भन्दा बढी किशोर किशोरीहरु तालिममा सहभागी भएका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४