25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘गुमाइएका बाल्यकाल’ सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४  

कोहलपुर, १९ जेष्ठ   / नेपालगञ्जमा बिहीबार ‘गुमाइएका बाल्यकाल’ शिर्षकको प्रतिवेदन सार्वजनिक भएको छ ।
सेभ द चिल्ड्रेनले विश्वका १ सय ७२ वटा मुलुकमा सर्वेक्षण गरेर तयार पारेको प्रतिवेदन एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सार्वजनिक गरेका थिए ।
विभिन्न सूचकका आधारमा गरिएको अध्ययनका आधारमा नेपाल १ सय ३५ औं स्थानमा रहेको छ । नेपालमा सबैभन्दा बढी कमजोर स्वास्थ्य अवस्था, बालविवाह, बालश्रम र शिक्षामा पहुँचको कमिका कारण नेपालमा बालबालिकाहरु पुर्ण रुपमा बाच्न पाएका छैनन ।
प्रतिवेदनमा २६ करोड ३०लाख बालवालिका विद्यालय वाहिर रहेको र प्राथमिक स्तरमा भर्ना भएका ३५ प्रतिशतले मात्र कक्षा १० सम्म पढ्ने गरेको उक्त तथ्याङकमा उल्लेख गरिएको छ । नेपालमा ५ देखि १७ बर्षका ३२ लाख बालवालिका बाल श्रमिकका रुपमा काम गर्ने गरेको उक्त तथ्याङकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बालक्लबका अगुवाहरुले बालअधिकार स्थापितका लागि सुझाव दिएका छन् भने सरोकारवालाहरुले बालविवाह र बालश्रम न्युनिकरणका लागि प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपि टेक प्रसाद राई, महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख सुनिता केसी लगायतले धारणा राखेका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     12:55:42 PM  |