23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

बाँकेको सुरक्षामा कडाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४  

‘अण्डर कभर’ प्रहरी समेत परिचालन गरिएको छ ः एसपी राई

कोहलपुर, १९ जेष्ठ   / दोश्रो चरण अन्तरगत हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रहरीले सुरक्षामा कडाई गरेको छ ।
चुनाव लागिसकेको अवस्थामा हुन सक्ने हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न संवेदनशिल क्षेत्रहरुमा सुरक्षा सर्तकता बढाइएको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए ।
विभिन्न संवेदनशिल क्षेत्रहरुमा ‘डग स्क्वाड’ परिचालन गरिएको उनको भनाई छ । साथै उनले ‘अण्डर कभर’ प्रहरी पनि परिचालन गरिएको बताएका
छन् ।
‘निर्वाचन नजिकिँदै गएकाले सुरक्षा व्यवस्था मजबुत बनाएका छौं’ उनले भने ‘निर्वाचन बिथोल्न सक्ने व्यक्तिहरु प्रहरीको निगरानीमा छन् ।’
बाँकेमा निर्वाचन एकदमै शान्तिपूर्ण हुने भएकाले ढुक्क हुन बाँकेवासीलाई उनले आग्रह पनि गरेका छन् । एसपी राईले बाँकेका ८ वटै स्थानीय निकायमा व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए । ‘प्रहरीलाई जानकारी भएको १० मिनेटभित्रै घटनास्थलमा प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।’
बाँकेका विभिन्न स्थानीय तहमा खटिएका प्रहरीहरुको नियमित सुरक्षा बैठकहरु पनि बसिरहेको छ । साथै नेपालगञ्ज–रुपैडिहा सीमा नाका गरेको प्रहरीको भनाई छ । जसका लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी ‘डग स्क्वाड’ परिचालन गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     12:47:38 PM  |