15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

दन्त शिविरबाट दुई सय लाभान्वित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४  

कोहलपुर, १८ जेष्ठ   / ढकेरीमा बुधबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महादेवपुरी स्वास्थ्य क्लिनिक ढकेरीको आयोजना र ओम भेरी डेन्टल क्लिनिक कोहलपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा दुई सय बढीले चेकजाँच गराएका थिए । चेकजाँचका क्रममा अधिकांशमा दाँत किराले खाएको समस्या देखिएको थियो । जसमध्ये ८० जनाको दाँत निकालिएको ओम भेरी डेन्टल क्लिनिकका अध्यक्ष सिनियर डेन्टल हाइजेनिष्ट इश्वर सुवेदीले जानकारी दिए ।
शिविरमा डा. दिलबहादुर सत्याल, डा. प्रतिभा श्रेष्ठ लगायतको टोलीले चेकजाँच गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४     1:44:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *