15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

‘हरिबहादुर’ सँगै हरिबंश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४  

कोहलपुर, १८ जेष्ठ   / हाँस्यकलाकार तथा लेखक हरिबंश आचार्यलाई हेर्न कोहलपुर न्यूरोडमा सयौंको संख्यामा मानिसहरु पर्खिरहेका थिए । हरिबंशलाई हेर्न आएका दर्शकहरु ‘हरिबहादुर’ आएपछि छक्क परे । ‘आयो, आयो हरिबहादुर आयो’ भन्दै किताब सहित दर्शकदीर्घाबाटै हरिबंश मञ्चमा उक्लिए ।
उनले आधा घण्टा बढी प्रहसन गरे । उनले ‘हरिबहादुर’ भित्र रहेका कुराहरुका बारेमा दर्शकहरुलाई जानकारी दिए । साथै उनले अहिलेको राजनैतिक परिस्थितिलाई समेत व्यंग्य गरे ।
हरिबंशले पाठकसँग अन्तरक्रिया सहित पुस्तकमा हस्ताक्षरका कार्यक्रम गरेका थिए । साथै हरिबंशसँग ‘सेल्फी’ लिनेहरुको घुइचो लागेको थियो ।
हरिबहादुर’ एउटा हाँस्यव्यंग्य मात्रै नभई देशले भोगेका कुराहरु, राजनीतिक विषयहरु समेटिएको उनले बताए ।
जेठ १३ बाट पोखराबाट सुरु भएको किताब यात्रा बुटवल, दाङ, हुँदै, ‘हरिबहादुर’ कोहलपुरमा आएका हुन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४     1:39:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *