20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगन्ज १७ मा एमालेका युवा नेता पाठकसहित सयौं माओवादी केन्द्रमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

नेपालगन्ज/१७ / नेपालगन्ज उप–महानगरपालिका १७ मा विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेका युवा नेता अजय पाठकको नेतृत्वमा सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

मंगलबार एक कार्यक्रमका बिच युवाहरुलाई नेपालगन्ज उप–महानगरपालिकामा मेयरका उम्मेदवार दामोदर आचार्यले टिका र खादा लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको थियो ।

वाइसिएल बाँकेका उपाध्यक्ष गिरीराज भुषालले नेपालगन्ज उप–महानगरपालिकाको १७ नम्बर वडामा एमाले, काँग्रेस, मधेशवादी दल, राप्रपाका परित्याग गरेर सयौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेमा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्ने लहर चलेको छ ।

१७ वडामा युवा, वृद्व, मधेशी, मुस्लिम महिलाहरु, शिक्षक बुद्विजिवी लगायतकाहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार आचार्यले नेपालगन्जको विकासको लागि माओवादी केन्द्रलाई विजयी बनाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अतहर हुसेन फारुकी, स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ता, विभिन्न वडाका उम्मेदवार लगायतको सहभागिता रहेको थियो ।

– paschimnews

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     1:18:17 PM  |