20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विमान दुर्घटनामा पाइलटको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

कोहलपुर, १७ जेष्ठ   / बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटनामा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।
मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो । विमानस्थदेखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज पल्टिएको हो । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।
दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् ।
दुर्घटनामा मेजर अनिता आले (सहचालक) र सुबेदार पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई सीता एयरको विमानबाट कोहलपुर ल्याइएको
छ । एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो ।
सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     1:02:11 PM  |