18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

‘हरिबहादुर’ आज कोहलपुरमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

कोहलपुर, १७ जेष्ठ   / ‘हाँस्य कलाकार हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा आज (बुधबार) कोहलपुर आउँदैछ । कोहलपुर चौराहामा अपरान्ह ४ बजे कार्यक्रम हुनेछ । हरिवंशले पाठकसँग अन्तरक्रियासहित पुस्तक हस्ताक्षरका कार्यक्रम समेत गर्नेछन् । जेठ १३ बाट पोखराबाट सुरु भएको किताब यात्रा बुटवल, दाङ, सुर्खेत हुँदै आज कोहलपुर आउने भएको हो । त्यस्तै धनगढी, नारायणगढ, बिर्तामोड, धरान, विराटनगर र सिन्धुली पुग्ने बताइएको छ ।
जेठ १३ देखि २५ सम्म हरिवंश आचार्य ‘हरिबहादुर’ किताबसहित देश दौडाहा छन् ।
पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो । यसअघि कलाकार हरिवंशले ‘चिना हराएको मान्छे’ लेखिसकेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     12:39:06 PM  |