19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा तीन अर्ब बढी बजेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

कोहलपुर, १७ जेष्ठ   / सरकारले बाँकेमा तीन अर्ब बढी बजेट छुट्याइएको छ । संघीय संरचना अनुसार पहिलो पटक ल्याइएको आर्थिक वर्ष २०७४÷०७५ को बजेटमार्फत वित्तिय समानीकरणतर्फ २ अर्ब ३२ करोड ६८ लाख ९४ हजार र सशर्त अनुदानतर्फ ९५ करोड ११ लाख ७९ हजार गरी ३ अर्व २७ करोड ८० लाख ७३ हजार बजेट छुट्याएको हो ।
बाँकेका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकामा परेको छ भने सबैभन्दा कम बजेट जानकी गाउँपालिकालाई परेको छ ।
जसअन्तरगत नेपालगञ्ज उपमहानगरपालिकाका लागि ६८ करोड २५ लाख ८३ हजार बजेट छुट्याइएको छ । जसमा वित्तिय समानीकरणतर्फ ४६ करोड ७ लाख ६२ हजार र सशर्त अनुदानतर्फ २२ करोड १८ लाख २१ हजार रहेको छ ।
कोहलपुर नगरपालिकाका लागि ४२ करोड २८ लाख ८१ हजार छुट्याइएको छ । जसमा वित्तिय समानीकरणतर्फ ३२ करोड २० लाख ६ हजार र सशर्त अनुदान तर्फ १० करोड ८ लाख ७५ हजार रहेको छ ।
यस्तै ६ वटा गाउँपालिकाका लागि २ अर्ब १७ करोड २६ लाख ९ हजार छुट्याइएको छ । जसमा वित्तीय समानीकरणतर्फ १ अर्ब ५४ करोड ४१ लाख २६ हजार र सशर्त अनुदानतर्फ ६२ करोड ८४ लाख ८३ हजार रहेको छ ।
खजुरा गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ २४ करोड ३५ लाख १५ हजार र सशर्त अनुदानतर्फ १५ करोड ५४ लाख ८२ हजार गरी ३९ करोड ८९ लाख ९७ हजार छुट्याइएको छ ।
जानकी गाउँपालिकाका लागि २६ करोड ८७ लाख ३७ हजार छुट्याइएको छ । जसमा वित्तीय समानीकरणतर्फ १९ करोड ८० लाख ४८ हजार र सशर्त अनुदानतर्फ ७ करोड ६ लाख ८९ रहेको छ ।
डुडुवा गाउँपालिकाका लागि २८ करोड ५६ लाख ८० हजार छुट्याइएको छ । जसमा वित्तीय समानीकरणतर्फ २१ करोड २४ लाख ९७ हजार र सशर्त अनुदानतर्फ ७ करोड ३१ लाख ८३ हजार रहेको छ ।
नरैनापुर गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ २३ करोड ३७ लाख ५९ हजार र सशर्त अनुदानतर्फ ७ करोड ५२ लाख ५४ हजार गरी ३० करोड ९० लाख १३ हजार बजेट छुट्याइएको छ ।
बैजनाथ गाउँपालिकाका लागि ३६ करोड ६७ लाख २८ हजार बजेट छुट्याइएको छ । जसमा वित्तीय समानीकरणतर्फ २५ करोड ९८ लाख ४३ हजार र सशर्त अनुदानतर्फ १० करोड
६८ लाख ८५ हजार रहेको
छ ।
त्यस्तै राप्ती सोनारी गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ ३९ करोड ६४ लाख ६४ हजार र सशर्त अनुदानतर्फ १४ करोड ६९ लाख ९० हजार गरी ५४ करोड ३४ लाख ५४ हजार बजेट छुट्याइएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     12:20:10 PM  |