19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मुडा बुन्ने तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४  

कोहलपुर, १४ जेष्ठ   / बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले संचालित १५ दिने मुडा बुन्ने तालिम शनिबार सम्पन्न भएको छ । तालिममा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका ६ वटा समूहका ३० जना व्यक्तिहरुको सहभागिता थियो ।
बाँके राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग तथा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा भएको तालिमले स्थानीय स्तरमा रहेको कच्चा पदार्थको सदुपयोग र समुदायको आर्थिक बृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको
छ । समुदायका विपन्न तथा आदिवासी, दलित समुदायलाई लक्षित गरि स्वरोजगार बनाउन मुडा बुन्ने तालिम दिइएको आयोजकले जनाएको छ ।
बाँस र बेतवाँसबाट निर्माण हुने मुडा तालिममा रारा डाँफे, नव प्रतिभा, गोठेरी, शक्तिनगर, विकास नगर, मुक्तीनगर मध्यवर्ती उपभोक्ता समुहका उपभोक्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     12:10:50 PM  |