20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मनाइयो मानवअधिकार आयोगको वार्षिकोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४  

कोहलपुर, १४ जेष्ठ   / राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो १७ औं वार्षिकोत्सव समारोह शनिबार मनाएको छ । आयोगले १७ औं वार्षिकोत्सव १७ पाउण्डको केक काटेर मनाएको हो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश विष्णुदेव पौडेलले केक काटेर वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पौडेलले विधीको शासन भएमा मात्र मानव अधिकारको प्रत्याभूति हुने भन्दै मानव अधिकारको सम्मान, संरक्षण र प्रत्याभूतिका लागि सम्पूर्ण सरोकारवाला निकाय एकजुट भई कानुनी शासनका लागि आवाज उठाउनु पर्नेमा जोड दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले प्राकृतिक न्यायको सिद्धान्त अनुसार आयोगले आफ्नो भूमिका निर्वाह गर्न नसकेको र आगामी दिनमा आयोगले पीडित र आरोपित दुवै पक्षलाई निष्पक्ष सुनुवाईको मौकादिनु पर्ने बताए ।
अञ्चलप्रहरी कार्यालय भेरीका वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रमशाहले आयोग अझै सक्रिय र क्रियाशील हुनुपर्ने बताउँदै मानवअधिकारका लागि निरन्तर सुक्ष्म निगरानीकर्ताको रुपमा काम गर्नुपर्ने बताए ।
नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले आयोगले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले आयोगले अनुसन्धान गरी नेपाल सरकारलाई गरेका सिफारिस समेत कार्यान्वयन नहँुदा दण्डहीनताको संस्कृति कायमै रहेको उल्लेख गरे ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     12:05:58 PM  |