21 June 2021  |   सोमवार, असार ७, २०७८

आदर्शमा निर्वाचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४  

कोहलपुर, १३ जेष्ठ  /आदर्श माध्यमिक विद्यालय नेपालगन्जमा जुनियर रेडक्रस सर्कल पुनर्गठनका लागि निर्वाचन भएको छ । २ बर्षे कार्यकालका लागि चुनिने जुनियर रेडक्रस सर्कलमा विभिन्न पदका लागि ३२ जनाले उम्मेद्वारी दिएका छन् ।
विद्यालयमा ६ बर्ष पहिले जुनियर रेडक्रस गठन भएको थियो यस बर्ष तेश्रो कार्यकालका लागि शुक्रबार विद्यार्थीहरुले चुनावी मैदानमा उत्रिएको विद्यालयले जनाएको छ । पुनर्गठनका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि ४÷४ जनाले उम्मेदवारी दिएका छन् भने सदस्य पदका लागि १२ जनाले उम्मेद्वारी दिएको विद्यालयका को–अर्डिनेटर पवन गौतमले बताए । ११ कार्यसमितिका लागि ३२ जनाले उम्मेद्वारी दिएको गौतमले बताए ।
पहिले विद्यालयकै मातहतमा सर्वसम्मत कार्यसमिति तय गर्ने गरेपनि पछिल्लो समयमा प्रभावकारी र विद्यार्थीहरुले आफै चुनेर प्रभावकारी तरिकाले लैजानको लागि चुनावी मैदानमा उत्रिएको गौतमले बताए । कक्षा ६ देखि १० कक्षासम्मका कुल ३ सय ४७ विद्यार्थीहरुले मतदान गरेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     12:36:34 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *