16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

राजनीतिक दल सचेत हुनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४  

कोहलपुर, १३ जेष्ठ  /  स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न स्थानीय राजनीतिक दलनै सचेत हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्थानीय शान्ति समिति बाँकेको आयोजनामा शान्तिपूर्ण निर्वाचनमा सरोकारवालाको भुमिका विषयक अन्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
दोश्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण भयरहित बनाउन स्थानीय राजनीतिक दलनै सचेत भएमात्र सम्भव हुने सरोकारवालाहरुले बताएका
छन् । राजनीतिक दलहरुबाटै आचारसंहिता उलंघनदेखि विभिन्न किसिमका घटना समेत भएको कारण राजनीतिक दलहरु सचेत भए स्थानीय तहको निर्वाचन स्वच्छ र धाधलिरहित हुने सहभागिहरुको जोड थियो । चुनाव के का लागि र किन गर्न लागेको बारे आम नागरिकलाई सचेतना गराउन आवश्यक रहेको सहभागीहरुको जोड थियो ।
यता स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरी प्रशासनको तयारी पूर्णरुपले तय भैसकेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले
बताए । कुनैपनि ठाउँमा जस्तो सुकै घटना घट्यो भने प्रहरी १० मिनेटमै पुग्न सकिने वातावरण तय भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     12:33:06 PM  |