कोहलपुर, १३ जेष्ठ / दोश्रो चरण अन्तरगत जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार नेपालगञ्जमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसेको छ ।
स्थानीय निकायको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि दुबैतर्फ सीमा सुरक्षा अधिकारीहरुको बैठक बसेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
स्थानीय निर्वाचनमा सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी तर्फ दुबै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरिएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यादेखि मतदान सम्पन्न नहुन्जेल सम्म दुबै तर्फका सीमा नाका बन्द गर्ने सहमति भएको
छ । बैठकले सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधी दुबैतर्फका सुरक्षा निकायले निगरानी गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा नेपालका तर्फबाट बाँकेका जिल्ला न्यायधीश तेजनारायण पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ, बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्ले सहित सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैगरी भारतका तर्फबाट बहराईचका डिएम अजयदीप सिंह, श्रावस्तीका डिएम दीपक मिना लगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकमा नेपाल तर्फबाट बाँके, बर्दिया र दाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख, भन्सार प्रमुख, बन प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४