24 September 2023  |   आइतवार, अशोज ७, २०८०

रामजानकीमा क्याम्पसमा मतदाता शिक्षा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४  

कोहलपुर, १२ जेष्ठ / कोहलपुरस्थित रामजानकी क्याम्पसमा बिहीबार मतदाता शिक्षा संचालन गरिएको छ । क्षेत्रिय निर्वाचन कार्यालय नेपालगञ्जको आयोजनामा मतदाता शिक्षा संचालन गरिएको हो ।
क्याम्पसका संचालक एवं प्रमुख गणेश प्रसाद पौडेलले यस्ता कार्यक्रमले जनमानसमा मतदाता शिक्षाको प्रचारप्रसारमा सहयोग पुग्ने बताए । उनले मतदाता प्रशिक्षण कार्यक्रमले निर्वाचन सफल पार्नमा मद्दत पुग्ने समेत बताएका छन् ।
कार्यक्रममा बि.बि.एस. प्रथम वर्षका विद्यार्थी, प्रध्यापक, कर्मचारीहरुको सहभागिता थियो । मदुई स्रोत केन्द्रका स्रोत व्यक्ति एवम् क्षेत्रिय निर्वाचन कार्यालयका समन्वयकर्ता विष्णु शर्माले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४     12:25:34 PM  |