बर्दिया, १२ जेठ निर्वाचनको मिति नजिकिँदै गएसँगै बर्दियामा रहेका मुख्य दलहरुले स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएका छन् । लामो छलफल र रस्साकस्सीबिच कांग्रेस, माओवादी केन्द्र र राप्रपाले उम्मेदवार टुंगो लगाएका छन् । नेकपा एमालेले भने यस अघि नै उम्मेदवार टुंगो लगाइसकेको थियो ।
लामो छलफल पछि नेपाली कांग्रेस बर्दियाले सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि मुक्तिनाथ यादव
(किट्टु) र उपमेयरमा सुशीला गिरीको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको मेयर पदमा दीपक जंग शाह तथा उपमेयर पदमा तारा चौधरी, बारबर्दिया नगरपालिकाको मेयरमा परशुराम चौधरी र उपमेयरमा कोपिला गिरी रहेको पार्टीले जनाएको छ ।
यसैगरी बाँसगढी नगरपालिकाको मेयरमा गंगाधर पौडेल र उपमेयरमा रत्ना चौधरी, गेरुवा गाउँपालिकाको अध्यक्षमा जवानसिंह केसी, उपाध्यक्षमा हेमकुमारी चौधरी उम्मेदवार रहेका छन् । बढैयाताल गाउँ पालिकाको अध्यक्षमा मानबहादुर वुढा र उपाध्यक्षमा भगनदैया चौधरी रहेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।
मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा भने अझै टुंगो लगाउन सकेको छैन । यहाँ आकांक्षीको संख्या धेरै भएपछि निर्णय गर्न नसक्दा केन्द्रमा नाम पठाइएको बताइएको छ । स्थानीय तहका सबै वडामा उम्मेद्वारको टुङ्गो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दियाले जनाएको छ ।
यस्तै माओवादी केन्द्र बर्दियाका इन्चार्ज हिमालका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि गेहेन्द्र ढकाल र उपमेयर पदका लागि मोहन कुमारी (मिथिला) फुँयाललाई उम्मेदवार तोकिएको छ ।
मधुवन नगरपालिकामा मेयर गणेश केसी र उपमेयर शुभरानी थारु, बाँसगढी नगरपालिकाको मेयर पदमा विनाराम थारु र उपमेयर पदमा भूमी विक, बाराबर्दिया मेयरमा दुर्गाबहादुर थारु र उपमेयरमा सुभरानी थारु उम्मेदवार रहेका छन् ।
ठाकुरबाबा नगरपालिका मेयरमा नेत्रराज आचार्य र उपमेयरमा कृष्णा थारु ‘आस्था’, गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेगराज थारु, उपाध्यक्षमा लिला थारु र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारु उपाध्यक्ष राधा आचार्य उम्मेदवार रहेको पार्टी इन्चार्ज तिलक शर्मा ‘हिमाल’ ले जानकारी दिए ।
यसैगरी राप्रपाले पनि उम्मेद्वार टुंगो लगाएको छ । राप्रपाले गुलरिया नगरपालिकाको मेयरमा मनोज वर्मा, मधुवन नगरपालिकाको मेयरमा नरेशजंग शाह, उपमेयरमा शारदा सिंह, राजापुर नगरपालिका मेयरमा जीवराज रेग्मी, उपमेयरमा रामकली थारु उम्मेदवार चयन भएका छन् ।
ठाकुरबाबा नगरपालिका मेयरमा श्रीराम थारु, उपमेयरमा अमृता खड्का, बाराबर्दिया नगरपालिका मेयरमा हरिश्चन्द्र शाह, उपमेयरमा जयन्ती विष्ट र बाँसगढी नगरपालिकामा मयेर रमचरण चौधरी, उपमेयरमा धनादेवी थापा उम्मेद्वार चयन भएका छन् ।
बढैया गाउँपालिका अध्यक्षमा कलबहादुर हमाल, उपाध्यक्षमा सीतादेवी पौडेल र गेरुवा गाउपालिकामा अध्यक्षमा टेकराज थारु, उपाध्यक्षमा सरस्वती चौधरी उम्मेदवार रहेका छन् । मधेशवादी दलले भने केन्द्रको निर्णय अनुसार अघि बढ्ने बताएका छन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४