26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

रेडक्रसले ग¥यो विद्यालय अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / विद्यालयमा आधारित स्वास्थ्य तथा सरसफाई अन्तरगत रेडक्रसद्वारा संचालित कार्यक्रमको अनुगमन गरिएको छ । रेडक्रस बाँके शाखाको नेतृत्वमा बुधबार नेपालगन्जस्थित विभिन्न विद्यालय तथा मदरसाको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले नेपालगन्जको बागेश्वरी टोलस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रानीतलाउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बुल्बुलियास्थित दारुल उलुम मकसुदिया मदरसा र बेलासपुरस्थित बागेश्वरी आधारभूत विद्यालयको अनुगमन गरेको थियो । ती विद्यालयमा सन २०१४ देखि विद्यालयमा आधारित स्वास्थ्य तथा सरसफाई अन्तरगतका कार्यक्रमहरु स्वीस रेडक्रसको आर्थिक सहयोगमा रेडक्रस बाँके शाखाद्वारा संचालनमा रहेको थियो । बागेश्वरी आधारभूत विद्यालयकी प्रधान अध्यापक सरिता खड्काले कार्यक्रमका कारण विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरुमा सकारात्मक परिवर्तन भएको बताइन् ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय,रानीतलाउमा कक्षा ५ मा अध्ययनरत छात्रा नयना केवटले अभियानका कारण आफुहरुलाई शौचालय, स्वास्थ्य र सरसफाईमा सहजता भएको बताइन् ।
अनुगमन टोलीको नेतृत्व गर्नुभएका रेडक्रस बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले अनुगमनका क्रममा आफुहरुले लिएको लक्ष्य अनुसारको उपलब्धी प्राप्त भएको बताए ।
अनुगमनमा स्वास्थ्य र सरसफाईसंग सम्बन्धित सरोकारवाला निकायहरु खानेपानी तथा सरसफाई कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, मिडिया लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:15:16 PM  |