2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

निर्वाचन महिलामैत्री बनाउन माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / दोश्रो तहको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तर्गत महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझाएका छन् ।
द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई शान्त, सुव्यवस्थित बनाउन मतदानस्थलमा महिलाको सहभागितासँगै सुरक्षित मतदानको व्यवस्था गर्न पनि माग गरेका छन् ।
महिला राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाजका अगुवा सम्मिलत समुहले निर्वाचनमा मुस्लिम समुदायको रमजान परेकाले उनीहरुको सहभागिता र सहज मतदनको व्यवस्थाका लागि पनि विकल्प खोजीनु पर्ने आवश्यक्ता औल्याइएको छ । सम्वाद समूह सचिवालयका संयोजक चन्द्र चौधरीको विशेष उपस्थितीमा बसेको वैठक तथा अन्तरक्रियामा निर्वाचनका बेला धर्म, जाति, समुदाय या कुनै पनि नाममा शान्ति सुरक्षा, सदभाव खलबल्याउन सक्ने सम्भावना रहने ठहर गर्दै निर्वाचन सफल पार्न सम्वद्ध सरोकारवालासँग आवश्यक सम्वाद गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:14:23 PM  |