18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बेहोस् पछि मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / नेपालगञ्जमा बुधबार भारतीय एक व्यक्तिको मृत्यु भएको छ । दिउँसो पौने २ बजे बर्दियाबाट नेपालगञ्ज आउँदै गरेका भारत वजिरपुर उत्तर प्रदेशका २८ वर्षिय रियाज अहमद एक्कासी बेहोस् भएका थिए ।
भे१ख १५९९ नं. को बसामा सवार उनी बेहोस् भएपछि उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएको
थियो ।
चेकजाँचका क्रममा चिकित्सकले मृत घोषित गरेको बाँके प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:13:22 PM  |