26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४  

कोहलपुर, ९ जेष्ठ  / निर्वाचन आचारसंहिता र स्थानिय संरचना तथा ब्यबस्थापन सम्बन्धी राजनीतिक दलहरु संगको अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका काम र यसको क्षेत्राधिकार के हुने र कस्तो ब्यबस्था हुने र यसलाई कसरी सहजिकरण गर्ने भन्ने बिषयमा यहाँका राजनीतिक दलहरुको के कस्तो भूमिका हुने भन्ने बिषयमा पनि छलफल गरिएको थियो ।
निर्वाचन आचारसंहिता, पहिलेको स्थानीय निकाय र अहिलेको स्थानियतहको संरचना, काम कर्तब्य र अधिकारबीच सम्बन्धमा जिल्लास्तरिय राजनितिक दलहरु संगको छलफल का माध्यमबाट साझा बुझाई बनाउने र तल्लो स्तरदेखिनै यसलाई परिवर्तन गर्नु पर्ने भएकाले राजनीतिक दलको महत्वपुर्ण भुमिका रहेकाले यस्तो कार्यक्रमको आबश्यकता रहेको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले बताए । कार्यक्रममा बाँके जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार र निर्वाचन कार्यलका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमलाई साझेदारी विकास परियोजना का अरुण रेग्मी र निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बिनोद गौतमले सहजिकरण गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४     1:47:24 PM  |