26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

रोजगारी सिर्जना गर्दै ईट्टा उद्योग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४  

कोहलपुर, ९ जेष्ठ  /बाँकेमा अहिले ५५ वटा ईट्टा उद्योग छन् । जहाँ डेढ सय देखि चारसयम्म एउँटै उद्योगमा रोजगारी पाएका छन् । जिल्लाका ईट्टा उद्योगबाट रोजगारी पाउनेको संख्या १२ हजार बढी रहेको छ । ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अनुसार १२ हजारले रोजगारी पाईरहेका छन् । जिल्लाका अन्य औद्योगिक क्षेत्रपछि ईट्टा उद्योग रोजगारी प्रदान गर्ने क्षेत्रमा पर्छन् ।
खजुराखुर्द – जानकी नगरमा १२ बर्षदेखि संचालन हुँदै आएको एबिसी ईट्टा उद्योगले बर्षनी ४० लाख ईट्टा उत्पादन गर्छ । जहाँ अहिले दैनिक २५० जनाले रोजगारी पाएका छन् । कार्यालय कर्मचारी र बाँकी कामदारी कर्मचारीले रहेको संचालक रसिदअहमद जसगरले बताए । ईट्टा उद्योगमा रोजगारी पाउने भनेको पाँच वटा कामका क्षेत्र रहेका
छन् । कामको सम्भावना भनेको माटो फुकाई, काँचो ईट्टा पथाई, बाहिरी निकासी, पटान पोल्ने, गधामा ढुवानी गर्ने, सवारी चालक, कार्यालय सहयोगी र ईट्टा बेलदार वा लाईनमा मिलाउने हो । यी क्षेत्रमा काम गर्ने कामदारले दैनिक आठ सय रुपैँयासम्म कमाउने गर्छन् ।
मासिक तलववाला दश हजारदेखि २५ हजार रुपैँयासम्म आम्दानी गर्दै आएका छन् । दैनिक ठेक्कामा काम गर्ने मजदुरले दोब्बर पैसा कमाउने गरेका छन् । उनीहरु दैनिक सजिलै आठ सय रुपैँया आम्दानी गर्छन् । नेपालगन्ज १८ स्थित किसान ईट्टा उद्योगका संचालक हाजी रज्जब अलीले उद्योगमा दुई सय जनाले रोजगारी पाएको बताए । २० बर्षदेखि बार्षिक दुई सय देखि तीन सयलाई रोजगारी दिँदै आएको उनले भने । केही उद्योगबाहेक अधिकाश ईट्टा उद्योगमा ९५ प्रतिशत भारतीय कामदार कार्यरत छन् । जिल्लाभरका ईट्टा उद्योगमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपालीले रोजगारी पाएका छन् । नेपाली सवारी चालक, कार्यालय कर्मचारी, लेखापाल, ढुवानीमा हुने गरेका छन् । बाँकी काममा भारतीय धेरै रहेका छन् । सोनपुर–९ स्थित टुस्टार ईट्टा उद्योगका संचालक लियाकत सिद्धिकीले उद्योग धेरै भएपनि रोजगारी पाउने बढेको बताउँछन् । ‘हाम्रो उद्योगमा नेपाली र स्थानीय व्यक्तिलाई पहिलो प्राथामिकता दिएका छौ,’ उनले भने,‘ त्यसपछि अपुग कर्मचारी भारतबाट ल्याउँछौ ।’ भारतबाट कामदार ल्याउँदा लगानी फस्ने र बीचमै भागेर जाने समस्या धेरै रहेको उनले भने ।
भर्खरै नयाँ ईट्टा उद्योग संचालन गरेका सिद्धिकीले रोजगारी पाउने धेरै भएपनि अहिले व्यापार व्यवसाय ओरालो लाग्दै आएको जानकारी दिए । तर ईट्टा उद्योगमा दैनिक काम गरेर १५ देखि २० हजार सहजै आम्दानी गर्न सक्ने व्यवसायी बताउँछन् ।
जिल्लामा उत्कृष्ट रोजगारी सिर्जना गर्न सक्ने ईट्टा उद्योग रहेपनि यसलाई सम्मानित रोजगारी अझै बनाउन सकिएको छैन् । ईट्टा उद्योगमा सरकारी लगानी, व्यापारीलाई बैक तथा ऋणकर्जाको सहजता, स्वस्थय बजार हुने हो भने देशका हजारौ वेरोजगारलाई रोजगारीको गन्त्वय बनाउन सकिन्छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४     1:43:33 PM  |