महेन्द्र क्याम्पसका आंशिक प्राध्यापकले गरे पेन डाउन



कोहलपुर, ८ जेष्ठ /  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका आंशिक प्राध्यापकहरुले आइतबार देखि करार नियुक्तिको माग राख्दै पेन डाउन गरेका छन् । नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको नेतृत्वमा पेन अनिश्चितकालिन पेन डाउन गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयमा बर्षौदेखि अध्यापनरत आंशिक प्राध्यापकहरुले उचित पारिश्रमिक पाउनु पर्ने, श्रमशोषण बन्द गर्नुपर्ने लगायत माग राखी आन्दोलनमा उत्रिएको आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति नेपालगन्जका सचिव इश्वरी रिजालले जानकारी दिए ।
आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । आंशिक प्राध्यापकले पेन डाउन गरेपछि क्याम्पसको पठनपाठन प्रभावित भएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ७८ जना आंशिक शिक्षक कार्यरत छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ ८ गते सोमबार