9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

मृगौला पीडितलाई प्रवासीको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४  

कोहलपुर, ६जेष्ठ / खजुरा गाउँपालिका ३ धौलागिरीकी मृगौला पीडित १७ वर्षिया सुदिपा बानियालाई शुक्रबार सहयोग हस्तान्तरण गरिएको छ । बाँके प्रवासी सेवा समाज दोहा कतारले ६० हजार बराबरको चेक हस्तान्तरण गरेको हो ।
बाँके प्रवासी सेवा समाज दोहा कतारका सदस्य कृष्ण प्रसाद सापकोटाको श्रीमति तारा सापकोटाले उक्त रकमको चेक सुदिपाका बुवा सुरेन्द्र र आमा सिता बानियालाई हस्तारण गरिन् । लामो समय देखि शरीरका दुई वटै मृगौलाले काम गर्न छाडेपछि अहिले सुदिपालाई भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
पीडित सुदीपालाई आमा सिताले मिल्ने अवस्थामा आफ्नो शरीरको एउटा मृगौला दान गर्ने भने पनि आर्थिक अभावकै कारण मृगौला प्रत्यारोपणको कार्य रोकिएको थियो । आफन्त, छरछिमेकबाट सहयोग मागेर सुदिपाको मृगौला प्रत्यारोण कार्य अगाडि बढाउने परिवारको तयारी छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     12:33:28 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *