कोहलपुर, ५ जेष्ठ / कोहलपुरमा बिहीबारदेखि १५ दिने निःशुल्क झोला बनाउने तालिम सुरु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
कोहलपुर ५ आर्दशनगरस्थित सङकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा शुरु भएको तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा ६ प्रकारका झोला ठूलो व्याग, पार्टी व्याग, हाते व्याग, मोबाइल व्याग, तरकारी व्याग र पेन्सिल व्याग बनाउन सिकाइने प्रशिक्षक उमा शाहले बताइन् ।
बहुउद्देश्यीय सहकारी जिल्ला सञ्जाल संघ बाँकेका अध्यक्ष भुपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक कोहलपुर शाखा प्रबन्धक सुजन ददेल, बहुउद्देश्यीय सहकारी जिल्ला सञ्जाल संघ बाँकेका अध्यक्ष भुपेन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।
तालिमको उद्घाटन सत्र संस्थाकी अध्यक्ष भारती खनालको सभापतित्वमा भएको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४