27 September 2021  |   सोमवार, अशोज ११, २०७८

रेडियो पत्रकार भेलाको तयारी तीव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४  

कोहलपुर, ५ जेष्ठ / आगामी जेठ १५ र १६ गते बाँकेको कोहलपुरमा आयोजना हुने रेडियो पत्रकार राष्ट्रिय सन्जालको भेलाका लागि तयारी उपसमिति गठन गरिएको छ । राष्ट्रिय भेला सफल पार्नका लागि तीन सदस्यीय उपसमिति गठन गरिएको हो ।
जसमा आर्थिक श्रोत संकलन उपसमितिमा प्रेम विश्वकर्मा, तिलक गाउँले र टेकेन्द्र बस्याल रहेका छन् । यस्तै प्रचारप्रसार उपसमिति संयोजक प्रियास्मृती ढकाल, सूचना आदानप्रदान उप–समिति संयोजक कमला नेपाली र अतिथि सत्कार उप–समितिमा लक्ष्मी बिसी र भावुक योगी रहेका छन् ।
जेठ १५ गते देशभरका करिव ६५ जिल्लाका रेडियोमा आवद्ध सय बढी पत्रकारहरुको सहभागिता रहनेछ । रेडियो पत्रकार संजालको विस्तार गर्ने र संगठनलाई पत्रकारको व्यवसायीक हितमा प्रयोग गर्नका लागि दोस्रो राष्ट्रिय भेला हुन लागेको हो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     12:33:50 PM  |