19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘हाम्रोलाई होइन राम्रोलाई’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४  

बाँसगढी, ४ जेष्ठ / स्थानीय तहको निर्वाचनमा जनताले हाम्रोलाई नभई राम्रोलाई चयन गर्नु पर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । रेडियो गुर्बाबा एफएम बाँसगढीले बुधबार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा हाम्रो भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले अब पनि राम्रोलाई नभई हाम्रोलाई मात्र चयन गरौ भने विकासको कल्पना गर्न नसकिने बताए ।
जनताले करिब २० बर्षको प्रतिक्षा पछि स्थानिय जन प्रतिनिधी चयन गर्ने अबसर पाएकाले ईमान्दार, योग्य आफ्नो क्षेत्रको विकास गर्न सक्ने सक्षम उम्मेद्वार चयन गर्ने बेला आएको बताए । स्थानीय तहको निर्वाचनमा हरेक व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्र्दै अबको निर्वाचनमा आफनो मतअधिकारको सहि प्रयोग गर्न आग्रह समेत गरे ।
बाँसगढी नगरपालिकाको मेयरका उम्मेदवारद्वय नेकपा एमालेका सालिकराम अधिकारी र नेकपा माओवादी केन्द्रका बिनाराम थारुले स्थानीय तहको निर्वाचनमा कसैको प्रलोभनमा नपरी स्वतन्त्र रुपमा आफुले चाहेको र मनले खाएको व्यक्तिलाई मतदान गर्न आग्रह गरे ।
रेडियो गुर्बाबा एफएम सञ्चालक समितिका सदस्य सर्जु बिकको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत कमल प्रसाद पौडेल, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, मोतिपुर स्वास्थ्य चौकी प्रमुख सुरेशकुमार रेग्मी, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पाल लगायतको उपस्थिति थियो ।
सोही अवसरमा एफएमले सबै ठाँउमा सुचनाको पहुच पु¥याउन सकियोस् भन्ने उद्देश्यले विभिन्न व्यक्तिहरुलाई रेडियो वितरण गरेको थियो । रेडियो गुर्बाबा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले सञ्चालन र कार्यकारी निर्देशक एकराज चौधरीले सहजिकरण गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     1:06:22 PM  |