26 September 2021  |   आइतवार, अशोज १०, २०७८

कांग्रेसले सिफारिस ग¥यो उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४  

कोहलपुर, ४ जेष्ठ /  विवादै विवादका बीच बल्लतल्ल नेपाली कांग्रेसले कोहलपुरबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नौ जना भन्दा बढी आकांक्षी भएपछि कांग्रेसलाई कोहलपुर नगरपालिकामा मेयर पदको उम्मेदवारको सिफारिस नै गर्न हम्मे हम्मे परेको थियो । उम्मेदवारको टुंगो लगाउने कुरा त परै जाओस् ।
विभिन्न भेला, बैठकहरु भएपनि उम्मेदवारको टुंगो लगाउन नसकेपछि क्षेत्र नं. १ क्षेत्रीय कमिटीले जिल्लामा नामहरु सिफारिस गरेको छ । कोहलपुरबाट मेयर पदको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिसमा परेको छ ।
कमिटीले भानुभक्त भट्टराई, युवराज पौडेल, बलराम शर्मा र राजेन्द्र कुमार श्रेष्ठको नाम जिल्ला पठाएको छ । त्यस्तै उपमेयरको उम्मेदवारका लागि मिना सिग्देल, गौरा भट्टराई र सञ्जु कुमारी थारुको नाम सिफारिसमा परेको छ ।
क्षेत्रले राप्ती सोनारी गाउँपालिकाबाट प्रमुखको उम्मेदवारका लागि लाहुराम थारु, कृष्णप्रसाद पौडेल, लिलमान परियारलाई सिफारिस गरेको छ । त्यस्तै उपप्रमुख उम्मेदवारमा धनिकुमारी खत्री, द्रोपदी बस्नेत र सविना वलीको नाम सिफारिस गरिएको छ । अब जिल्लाले उम्मेदवारको टुंगो लगाउने छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     12:57:27 PM  |