बुधवार साँझ ५ः३० बजेको समयमा युवाहरु आक्रमण गरेको कर्मचारी मार्फत खबर आएको थियो’, इन्जिनियर केसीले भने, ‘युवाहरुले प्रति ट्रिप फिक्स गर्नु पर्यो वा २५ लाख एकमुष्ट दिए मात्र काम गर्न दिने धम्की दिएका हुन् ।’ ‘करिब ४० जनाको समूह थियो’, केसीले भने, ‘मेसिनको साँचो उनीहरु नै लगेका छन् ।’
आक्रमण पछि काम अवरुद्ध भएको छ । उनले घटनापछि आफु पुग्दै गर्दा केहि ब्यक्तिहरुलाई चिन्न सफल भएको बताए । नेपालगन्ज बस्ने विक्रान्त श्रीवास्तव, आकाश सेर्पा, थर थाहा नभएका अशोक र घमण्ड बुढा रहेको इन्जिनियर केसीले बताए ।
राप्तीपारिको सडक निर्माणमा यसअघि जिल्ला वन कार्यालयले गिट्टी निकासीमा अवरोध गरेको थियो । ‘आइतवार छलफल पछि कुरा मिलेका कारण बुधवारबाट काम सुरु भएको हो’, उनले भने, ‘गुण्डाहरुका कारण काम गर्न सक्ने अवस्था नै छैन ।’
‘गुण्डाहरुको धम्की र त्रासका कारण काम बन्द भएको छ’, केसीले भने, ‘यसरी हप्ता दिएर सडक निर्माण कसरी सम्भव छ ।’ ‘डोजर इस्क्याभेटरको साँचो तिनीहरु नै लगेका छन्’, उनले भने, ‘पटक पटक निर्माण प्रभावित बन्दै गएकोले समयमा काम पूरा हुने संकेत देखा नपरेको हो ।’
‘अषाढ अघि नै राप्तीपारि माटो फिलिंग भएको स्थानमा गिट्टी हाल्न नसके हिलोका कारण आवतजावत प्रभावित हुने स्थिति छ’, केसीले भने, ‘तोडफोडबाट एउटा जेसीभीको पम्पमा खराबी आएको छ ।’ बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले आफुलाई चारवटा नाम आएको खुलाए ।
उनले बाँकेमा गुण्डागर्दी गर्नेहरुलाई हामी कडा कारवाही गर्ने चेतावनी दिए । ‘समयमा निर्माण कम्पनीले जानकारी नदिएको युवाहरुलाई तत्कालै पक्राउ गर्न नसकिएको हो’, उनले भने, ‘हामी फिल्डमै छौं, चाँडै उनीहरु फन्दामा आउँछन् ।’
‘निर्माण कम्पनीको तर्फबाट कुनै आएको छैन’, एसपी राईले भने, ‘तरपनि प्राप्त भएको सूचनाको आधारमा हामी कारवाही अघि बढाएका छौं ।’
‘बाँकेमा सुरक्षा ब्यवस्था खल्बल्याउने किसिमको कुनै काम गर्न छुट छैन’, उनले भने, ‘हामी गुणगिरी हेर्नैै सक्दैनौं ।’ ‘घटनामा संलग्नहरु जमिन मुनी गएपनि हामी झिक्छौं’, राईले भने, ‘ढुक्क हुनुस् बाँकेमा कुनै किसिमले सुरक्षा चुक हुने अवस्था छैन ।’
निर्माण कम्पनीले नेपालगन्ज देखि सुईया सम्म ४४.६ किलोमिटर सडक निर्माण कार्य सुरुवात गरेको हो ।
आरोपित विक्रान्त श्रीवास्तवले सडक निर्माणमा अनियमिता भइरहेकोले कारवाही गरिएको बताएका छन् । उनले सांकेतिक रुपमा युवाहरु गएको विषयलाई अनावश्यक बबाल मच्चाउन खोजिएको दावी गरे ।
आजको दैनिक नेपालगन्जबाट साभार गरिएको ।
– See more at: http://paschimnews.com/archives/25008#sthash.DKKUTgZI.sbn7O4xM.dpuf
प्रतिक्रिया दिनुहोस्