15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

रेडियो सद्भावको औपचारिक उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०७४  

कोहलपुर, २८ बैशाख / नेपालगन्ज धम्वोजीस्थित रेडियो सद्भाव एफएम ९१.२ मेगाहर्जको बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ । रेडियो सद्भावको रेडियो प्रशारक संघका अध्यक्ष सुभाष खतिवडाले उद्घाटन गरेका हुन् ।
‘रेडियो सद्भाव सबैको रेडियो’ भन्ने नारासहित यही बैशाख ६ गते साँझ ६ बजेर ३३ मिनेटमा पश्चिम नेपालमा आप्mनो ध्वनी गुञ्जाएको थियो ।
कार्यक्रममा अध्यक्ष खतिवडाले रेडियो सद्भाव स्थापनाको अवसरमा बधाई दिंदै स्थानीय विषयवस्तुलाई प्राथमिकता दिन सुझाव दिए । रेडियो स्थापना गर्न नै चुनौति रहेको भन्दै अध्यक्ष खतिवडाले त्यो भन्दा बढी चुनौति निरन्तरता दिन रहेको बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लक्षित समूदायको पहिचान गरेर रेडियोले आप्mना सामग्री तयार पार्न सुझाव दिए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नाम जस्तै सद्भाव कायम गर्ने विषयवस्तुलाई उठान गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
रेडियो सद्भाव सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको सभापतित्वमा भएको कार्यक्रममा रेडियो उद्देश्यबारे प्रबन्ध निर्देशक दामोदर भण्डारीले प्रकाश पारेका थिए ।

प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०७४     12:23:57 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *