कोहलपुर, २८ बैशाख / नेपाल भारत मैत्री संघ कोहलपुर शाखाले नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई बुधबार स्वागत तथा सम्मान गरेको छ । २५६१ औँ बुद्ध जयन्तीको अवसरमा कोहलपुरमा एक कार्यक्रम गर्दै संघको राष्ट्रिय मैत्री सभाबाट निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष सुष्मा शर्मा, केन्द्रीय सदस्यद्वय धु्रव दहाल र प्रदिप कुमार गुप्तालाई सम्मान गरिएको हो ।
नगर विकास समिति कार्यलय कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री संघ बाँके शाखाका अध्यक्ष अजय कुमार टन्डन, नेपाल आदीवासी जनजाति संघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ल, ज्ञानोदय समुदाय पुस्तकालय कोहलपुरका अध्यक्ष लिल बहादुर राना लगायतको उपस्थिति थियो ।
नेपाल–भारत मैत्री संघ उप–शाखा कोहलपुरका अध्यक्ष नरेश वान्तवा राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपाल–भारत मैत्री संघ कोहलपुरका सचिव टंक प्रसाद गौतमले कार्यक्रम संचालन गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०७४