17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

बाँके मनाइयो कानुन दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

कोहलपुर, २७ बैशाख / कानुन दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा मंगलबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालगन्जमा उच्च अदालत बार एसोसिएसन नेपालगन्जको आयोजनामा शक्ति पृथकीकरण सिद्धान्त र स्वतन्त्र न्यायपालिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सालिकराम सापकोटाले कानून सबैका लागि समान ढङ्गले प्रयोग हुनुपर्ने बताए ।
उच्च अदालत तुलसिपुर नेपालगन्ज इजलासका न्यायधिस लेखनाथ पौडेलले कानुन र न्यायका क्षेत्रमा लागिपरेकाले देशमा रुल अफ ल कायम गर्न गर्नुपर्ने काम कारबाहीको बारेमा जानकार हुनुपर्ने बताए ।
२००८ सालमा स्थापना भएको प्रधान न्यायालयले नेपालमा शक्ति पृथकिकरणको सिद्धान्तलाई स्थापित गराएको थियो । त्यही दिनको सम्झनामा प्रत्येक बर्ष बैशाख २६ का दिन न्यायालय कार्यपालिकाको छायाँबाट मुक्त भएको दिनको सम्झनामा प्रत्येक बर्ष कानून दिवस मनाउने गरिन्छ ।
शक्ति पृथकिकरणको सिद्धान्तलाई प्रधान न्यायालयलाई न्यायिक अधिकार प्रदान गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
अन्तरक्रियामा जिल्ला अदालत बाँकेका न्याधिस मदन बहादुर धामी, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष बलबहादुर चन्द, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सरोज पौडेल, अधिवक्ताहरु लगायतको उपस्थिति थियो ।
कानुन पत्रकार समाज गठन बाँकेमा कानुन पत्रकार समाज गठन गरिएको छ । अधिवक्ता लोक बहादुर शाहको संयोजकत्वमा ९ सदस्यीय गठन भएको कानुन पत्रकार समाजमा सचिव अधिवक्ता बसन्त गौतम, कोषाध्यक्ष अमृता के.सी. र सदस्यहरुमा विश्वजित तिवारी, अर्जुन ओली, विश्वराज पछल्डङ्गया, विनय दिक्षित, मधु पौडेल, कुशुमा सुवेदी रहेका छन् ।
कानुन दिवसको अवसर पारी कानुन र न्यायका क्षेत्रमा कलम चलाउने पत्रकारहरु थुप्रै भएको बताउँदै संयोजक शाहले कानुन र न्यायको क्षेत्र संवेदनशिल र प्राविधिक विषय भएकाले विषय विशेषज्ञताको आवश्यकता महसुस गरी कानुन पत्रकार समाज गठन गरिएको बताए । मङ्गलबार एक कार्यक्रमका बीच नेपाल बार एसोसियसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले कानुन पत्रकार समाजको स्थापनाको उद्घोष गरेको थिए । समाजले न्याय र कानुनका क्षेत्रमा कलम चलाउने र यससंग सम्बन्धित कार्यक्रमहरु गर्ने भएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:19:50 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *