18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

निवन्ध लेखनमा बाँसगढी शाखा तृतीय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४  

बाँसगढी, २६ बैशाख / नवजीवन सहकारी संस्था लि.को पाँच ओटा शाखामा सञ्चालन गरिएको निबन्ध लेखन प्रतियोगीतामा बाँसगढी शाखा तृतीय हुन सफल भएको छ । ६० औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा प्रधान कार्यालय धनगढीको आयोजनामा २०७३ चैत्र २० गते ‘आर्थिक विकासमा सहकारीको भूमिका र यस सन्दर्भमा नवजीवनको योगदान’ शीर्षकमा पाँच ओटा शाखामा निवन्ध लेखन प्रतियोगीता भएको थियो ।
नवजीवनको बाँसगढी शाखाबाट प्रतियोगीतामा १६ जना सहभागी मध्य नेपाल राष्ट्रिय माबि बाँसगढीमा अध्ययतरत छात्रा ममता थापाले तेस्रो स्थान हात पार्न सफल भएकी हुन । तेस्रो स्थान ल्याउन सफल थापालाई सोमबार नेरा माबि बाँसगढीमा एक समारोहका बीच प्रमाणपत्र सहित ५ हजारको चेक हस्तान्तरण गरिएको छ ।
प्रतियोगीतामा धनगढी प्रथम र अत्तरिया दोस्रो भएको छ । प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार १० हजार र ५ हजार पुरस्कार रहेको थियो । प्रतियोगीतामा पाँच ओटा शाखाबाट ९७ जना सहभागी भएका थिए ।
सोही अबसरमा संस्थाले नेरा माबि बाँसगढीलाई ३७ हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा सहकारी संस्थाका सल्लाहाकार सालिकराम अधिकारीले बाँसगढी शाखा प्रमुख सुरेशकुमार देवल, नेरा माबिका प्रधानध्यापक निराजन चापागाँई, बिद्यालय व्यवस्थापन समति सदस्य काशिराम पौडेल पूर्व विद्यालय व्यवस्थापन सदस्य प्रेम प्रसाद शर्मा लगायत शिक्षकहरुको सहभागीता रहेको थियो ।
पुरस्कार वितरण तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षक फणेन्द्र प्रसाद ढुंगानाले गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४     12:52:42 PM  |