19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रक्रिया नपु¥याउने इ–रिक्सा नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४  

कोहलपुर, २६ बैशाख / प्रक्रिया नपु¥याई चलाइएका नेपालगञ्जका ५२ वटा इ–रिक्सालाई नियन्त्रण लिई छाडिएको छ । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत सोमबार इ–रिक्सा नियन्त्रण लिइ सम्झाई बुझाई छाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षण लक्ष्मणबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले धम्बोझीमा चेकजाँच गर्दा ५२ वटा रिक्सा प्रक्रिया नपु¥याई चलाइरहेको पाइएपछि नियन्त्रण लिइएको थियो ।
नियन्त्रणमा लिइएका रिक्साहरुमा नम्बर नलेखिएको र दर्ता नगरेको भेटिएको थियो । ती रिक्साहरुलाई नम्बर लेखाउने र दर्ता नगरेका रिक्सालाई दर्ता गराई नियमानुसार सञ्चालन गर्ने गरी सम्झाई बुझाई छाडिएको प्रहरीको भनाई छ । साथै इ–रिक्सा चालकहरुलाई ट्राफिक नियमबारे समेत जानकारी गराइएको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४     12:50:16 PM  |