25 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

बाँकेमा मनाइयो रेडक्रस दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४  

कोहलपुर, २६ बैशाख  / विश्व रेडक्रस दिवस बाँकेका विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘रेडक्रस ः सबै ठाँउमा, सबैका लागि’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
दिवसका अवसरमा रेडक्रस सोसाईटी जिल्ला शाखा बाँके लगायत विभिन्न उपशाखाहरुले विविध कार्यक्रम गरे ।
यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर शाखाले वृहत नगर सरसफाई कार्यक्रम गरेको
छ । त्रिभुवन माविबाट शुरु भएको सरसफाई कार्यक्रम कोहलपुर चौराहामा आई सम्पन्न भएको थियो । कार्यक्रममा रेडक्रसकर्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यापारी, बुद्धिजिवी, सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।
यस्तै नेपालगञ्जमा रक्तदान उत्प्रेरणा गोष्ठीको आयोजना गरिएको थियो । जिल्ला शाखा, उपशाखा र स्वयंसेवी संस्थागत रक्तदाताहरुको सहभागितामा गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा रेडक्रसको स्थापना विकास क्रम, रक्तदान सम्बन्धी महत्वपूर्ण जानकारी लगायत विषयमा अन्तरक्रिया गरिएको गरिएको रेडक्रसले जनाएको छ । यसैगरी सीतापुर उपशाखाले उपशाखा स्तरीय जुनियर युवा गोष्ठी गरेको थियो । अन्य उपशाखाहरुले प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता, व्याच वितरण र सन्देश मुलक प्रवचन कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखाले जनाएको छ ।
रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४     12:45:33 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *