डोल्पामा सुरक्षाकर्मी परिचालन



कोहलपुर, २५ बैशाख  / डोल्पाका कुल ६६ वटा मतदान केन्द्र मध्ये ५६ वटा मतदान केन्द्रमा सुरक्षाकर्मी आइतबारदेखि परिचालन गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिका बाहेक अन्य २ नगरपालिका र ५ गाँउपालिकाका ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि खटाएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताए ।  शे–फोक्सुण्डो गाँउपालिकामा १० वटा मतदान केन्द्र रहेको र उक्त गाउँपालिकामा सबै पदमा निबिरोध चयन भए पछि बाँकी ५६ वटामा सुरक्षा कर्मि खटाइएको छ ।
एक मतदान केन्द्रमा अलि सम्बेदनशिल केन्द्रमा ५ जान म्यादी सहति १२ जना र समान्य केन्द्रमा ४ जना म्यादि प्रहरि सहित १० देखि १२ जना सम्म नेपाल प्रहरि परिचालन हुने प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २५ गते सोमबार