23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

दुर्घटनामा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४  

कोहलपुर नेपालगन्ज / कोहलपुर सडकखण्डको राँझामा आइतबार दिउँसो भारतीय ट्रकले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको युपी ७० ईटि ४९०५ नम्बरको भारतीय ट्रकको ठक्करबाट नेपालगन्ज २० राँझाका १५ वर्षिय आनन्द श्रीवास्तवको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट घाइते श्रीवास्तवको उपचारका क्रममा भेरी अञ्चल अस्पताल मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४     1:14:03 PM  |