9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

अग्नीपीडितले मागे सूचना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४  

कोहलपुर, २५ बैशाख  / बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ छिटाईपुर्वाका अग्नीपीडित ३२ जनाले सामुहिक रुपमा आइतबार सूचना माग गरेका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समिति तथा जिल्ला प्रशासन कार्यालयसँग अग्निपीडितले सामूहिक रुपमा सूचना माग गरेका हुन् ।
बर्षेनी गर्मी र बर्षातको मौसममा हुने आगलागी, बाढीप्रकोप जस्ता दैवि प्रकोपको घटना हुने भन्दै सुरक्षित तथा उचित बासस्थानको व्यवस्था कहिलेसम्म गर्ने, योजना छ/छैन, राहतको व्यवस्था छ÷छैन, छ भने राहत कसले उपलब्ध गराउने हो लगायतका सूचना माग गरिएको छ ।
त्यस्तै नेपालगन्ज सदरमुकाम यस क्षेत्रबाट नजिक रहेपनि आगलागी जस्ता प्रकोपको समयमा दमकल लगायत टोली कहिलेपनि समयमा नपुगेकाले होलिया र राप्तीपारी क्षेत्रमा दमकलको व्यवस्था छ की छैन, छैन भने कहिलेसम्म व्यवस्था हुन्छ ? दैवी प्रकोपको पूर्व तयारीको अवस्था के छ ? सोको पुर्ण जानकारी सहितको सूचना माग गरेका हुन ।
नेपालको संिवधान, २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ३ अनुसार सबैले थाहा पाउनुपर्ने भन्दै उक्त सूचना माग गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा शनिबार घटनास्थलमै पुगेर आगलागीबाट पीडित ३२ जना सूचनाको हकका बारेमा जानकारी गराएपछि उनीहरुले सामुहिक रुपमा ३२ वटा निवेदन तयार गरि आइतबार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ ।
निवेदन दर्ता गर्दै प्रशासनका सूचना अधिकारी खगेन्द्र पौडेलले ३२ वटै निवेदन एउटै किसिमको भएकाले दर्ता गरि मागिएका सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०७४     1:10:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *