27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

भर्ना अभियान सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४  

कोहलपुर, २४ बैशाख  /  विद्यार्थी अभियान गाउँ शिक्षा समिति कोहलपुर नगरपालिका १४ र १५ संयुक्त वडा कार्यालय हवल्दारपुर र जिल्ला स्तरीय युवा समूह राम माविको संयुक्त आयोजनामा गरिएको भर्ना अभियान सम्पन्न गरिएको छ । अभियानका क्रममा कोहलपुर १४ र १५ का वडा र वस्तीवस्तीमा घरदैलो सँगै माईकिङ्ग गरी प्रचारप्रसार गरिएको थियो ।
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान संचालन गरिएको थियो । भर्ना अभियानमा राम मावि र इन्सेक नेपालगञ्जको सहाकार्य रहेको थियो भने व्यवस्थापन समाज सेवा संस्था नेपालले गरेको थियो ।
समापन कार्यक्रममा राम माविका प्रअ जैद अहमद् खाँ, समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, शिक्षक, विद्यार्थी, बुद्धिजिवी लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४     11:58:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *