19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगन्जको सडक र ढलमा साढे तीन अर्ब खर्चिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४  

कोहलपुर, २४ बैशाख  /  नेपालगन्ज उप—महानगरपालिका भित्रको सडक र ढलको समस्या न्यूनीकरण गर्न साँढे तीन अर्व लगानी गरिने भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयको एक अर्ब ६० करोड र एशियाली विकास बैकको एक अर्ब ७५ करोड लगानीमा अस्तव्यस्त सडक र ढल व्यवस्थित गरिने छ । जम्मा तीन अर्ब ३५ करोड लागतमा उपमहानगरपालिका भित्री सडक चौडा, कालोपत्रे र नालाहरु बनाईने छ ।
यो सबै काम चालू बर्ष २०७३÷०७४ मा सम्झौता भई काम सूरु हुने शहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनियर होमनाथ भुषालले बताए । र्‘एक अर्व ६० करोडको ठेक्काका लागि टेण्डर आवहन र्भैईसकेको छ,’ उनले भने, बैशाखभित्र ठेक्का प्रक्रियामा गई कामको सम्झौता हुन्छ ।’ तीन अर्व लगानी उपमहानगरपालिकाका विगतका वडा र अहिले थपिएका साविकका गाविसका सडक, ढलमा खर्च हुनेछ । यो आयोजना तीन बर्षको हुनेछ ।
पहिलो प्याकेजमा सम्झौता र दोस्रो, तेस्रो प्याकेजमा काम सूरु गरि सकिने छ । तीन बर्षीय योजना अनुसार काम समयमा
सूरु भई सकिए उप—महानगरपालिका भित्रको अस्तव्यस्त, धुलो, हिलो, खाल्डाखुल्डी, साघुरो सडकको समस्या हट्ने विश्वास लिएको छ । योजना अनुसार आगामी तीन बर्षमा उपमहानगरपालिका भित्रको मुहार फिरिने अपेक्षा गरिएको छ ।
यस्तै उपमहानगरपालिका भित्रको सडक र ढल व्यवस्थित र स्तरोन्नतीका लागि एशियाली विकास बैकले चालू बर्षमा एक अर्व ७५ करोड लगानी गर्दैछ । चालू बषैमा ठेक्का सम्झौता भई तीन बर्षीय लक्ष्यअनुसार काम सूरु हुने ईन्जिनियर भुषालले जानकारी दिए ।
शहरी विकास र एडिबीको तीन अर्व ३५ करोडको काम पुरा भए उपमहानगरपालिकामा खेप्दै आएको सास्ती सदाका लागि कम हुने उनले दावी गरे । यो रकमबाट उपमहानगरपालिकामा सडक मापदण्ड अनुसारका ८ मिटरदेखि १८९ मिटर चौडा नगरका भित्री सडक हुनेछन् ।
हरेक सडकको दाँयाबाया ढल र बर्षातको बाढी सहजै बग्ने नाला बनाईने छ । तीन प्याकेजमा काम सकिने यो योजना उप—महानगरपालिकाभित्र महत्वकाक्षीका रुपमा लिएको छ ।
दुई बर्षीय आयोजना अन्तर्गत अहिले पनि कालिका कन्ट्रक्शनले एशियाली विकास बैकको करिव दुई अर्व लगानीमा सडक र नालाको काम गरिरहेको छ । यो काम चालू बर्षको असार मसान्तसम्म सकिने छ । कालिका कन्ट्रक्शनका निर्देशक युवराज क्षेत्रीले शहरी विकास र एडिबीको योजना सफल भए नेपालगन्ज उपमहानगरपालिकाको कायपलट हुने बताए ।
लामो समयदेखि नगरबासीले बर्षातमा खेप्र्दै आएकौ डुवान, बाढी र सडकको समस्या भोग्नु नपर्ने उनले तर्क गरे । शहरी विकास तथा भवन डिभिजन कार्यालयले चालू आर्थिक बर्षमा सडक र ढल निर्माणका लागि बर्दियास्थित गुलरीया नगरपालिकामा एक अर्ब ६० करोडको लगानी गर्दैछ । यसले गुलरीया नगरभित्रको सडक र ढलको समस्या न्यूनीकरण गर्नेछ ।

प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४     11:57:21 AM  |