19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सामुदायिक विद्यालयमा अंगे्रजी माध्यमको पढाईमा आकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४  

कोहलपुर, २४ बैशाख  / मुलुकभर यतिखेर दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन भइरहेको छ । ‘हामी सबैको इच्छा ः निःशुल्क अनिवार्य आधारभूत शिक्षा’ भन्ने नारका साथ विद्यालयहरुले भर्ना अभियान चलाइरहेका छन् ।
भर्ना अभियानका क्रममा अभिभावक तथा विद्यार्थीहरुको रोजाइ यतीखेर अंग्रेजी माध्यमबाट पढाई हुने सामुदायिक विद्यालय रहेको छ ।
अभिभावक तथा विद्यार्थीको चाहना अनुसार जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गरेका छन् । अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको आर्कषण पनि बढ्दै गएको छ । आधरभुत तहमा भर्ना हुने विद्यार्थी संख्या घट्दै जान थालेपछि विद्यार्थीलाई आकर्षित गर्न यहाँका अधिकांश विद्यालयहरुले आधारभुत तहका कक्षाहरु अंग्रेजी माध्यमवाट संचालन गरिरहेका छन् । भने केहीले यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यम संचालन गर्ने योजना बनाएका छन् ।
सामुदायिक विद्यायहरुमा पढाईको स्तर खस्कदै गएको भन्दै अभिभावकहरुले आफना बालबालिकालाई संस्थागत निजी विद्यालयमा लैजान थालेपछि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाउन थालेका हुन् । जिल्लाका करिव ३ दर्जन बढी सामुदायिक विद्यालयमा अहिले अंग्रेजी ध्यमबाट पढाइ सुरु भएको छ ।
अभिभावक तथा विद्यार्थीहरुको चाहना अनुसार आधारभुत तहमा अंग्रेजी माध्यमबाट पढाई शुरु गरेको गरेको त्रिभुवन उच्च माविका प्रधानाध्यापक कुशेश्वर चौधरीले बताए । उनले भने –‘आजभोलि अंग्रेजी भाषाको ज्यादै माग छ । आधारभूत तह विद्यार्थीको जग हो । विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन पनि विद्यालयमा अंग्रेजीबाट पढाई सुरु गरिएको हो ।’
आफ्नो विद्यालयमा हाल कक्षा ६ सम्म पूर्णरुपले अंग्रेजी माध्यमबाट पढाई हुने गरेको निमित्त प्रअ चौधरीले बताए ।
उनले भने, आगामी वर्षमा क्रमशः कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाई गर्ने योजना छ । अंग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थी घट्ने क्रम रोकिएको उनले बताए । अंग्रेजीबाट पढाई सुरु गरेपछि अभिभावक खुशी भएका छन् । निजी विद्यालय सरहनै पढाई
हुने थाहा भएपछि आफना सन्तानलाई बोर्डिङ्ग छुटाएर सरकारीमा भर्ना गरेको स्थानीय अभिभावक मोहनलाल थारुले बताए । अघिल्लो वर्ष निजी स्कुलमा पढन गएका मध्यमवर्गका बालबालिका अहिले सामुदायिक विद्यालयमा फर्केका छन् ।
समयको आवश्यक्ता अनुसार अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको बबई शिशु आधारभुत विद्यालयका धानाध्यापक नारायण अधिकारीले बताए । आफनो विद्यालयमा यस वर्ष कक्षा २ सम्म अंग्रेजी माध्यमका साथै मल्टीमिडीयाको प्रयोग
गरेर पठनपाठन सुरु गरेको प्रअ अधिकारीले जानकारी दिए । अंग्रेजी माध्यमवाट पढाई शुरु गरेका विद्यालयले जनक शिक्षा सामग्रीले अंग्रेजी भाषमा अनुवाद गरि प्रकाशन गरेको पाठ्यपुस्तक प्रयोग गरेका छन् । भने केहि विद्यालयले एक दुई विषय निजी प्रकाशनका पुस्तकहरु प्रयोग गरेका छन । अंग्रेजी माध्यमवाट पढाई शुरु गर्न केही विद्यालयले छुट्टै शिक्षकको समेत ब्यबस्था गरेका छन् । तर, केही विद्यालयहरुले थप शिक्षकको व्यवस्था गर्न स्रोत नभएको हँुदा कठिन भएको गुनासो गरेका छन् । स्रोत र साधनले पुगेसम्म अधिकांश विद्यालयले आधारभूत तह सम्मै अंग्रेजी माध्यमबाटै पढाउने धरै विद्यालयको योजना छ ।
अंग्रेजी माध्यमवाट पढाई शुरुपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या पनि बढदै गएको बताइएको छ । सामुदायिक विद्यालयले थालेको यस्तो शुरुवातले निजी र सरकारी स्कूल बीचको विभेद हट्ने आम अभिभावकको धारणा
छ ।

प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४     11:51:10 AM  |