डिएसपी तिम्सिनाका अनुसार वैशाख १५ गते बेलुकी एकै दिन उनीहरुले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार १० बर्षीया दिपीकाले उक्त दिन आफ्नी आमासंग वरफ खानका लागि जम्मा पाँच रुँपैंया मागेकी थिइन । आमाले पाँच रुँपैंया दिएपछि दिपीकाले बरफ पनि किनेर खाएकी थिइन ।

तर आमाले ‘ तैले पैंशा मात्रै तर काम नगर्ने ? जा, धाराबाट पानी लिएर आईज’ भनेर सामान्य रुपमा गालि गरेकी रहेछिन । त्यसपछि दिपीकाले धारामा गएर उनकी आमाले भनेझैं पानीपनि भरेर ल्याइन । तर त्यसको केही वेरमा गत शुक्रवार साँझ साढे ५ बजेरित उनले घरमै शलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनलाई तुरुन्तै तुलसीर स्थित सीटी हस्पिटलमा पुर्याइएको भएपनि डाक्टरले मृत घोषणा गरेका थिए । यसरी समान्य कारणले गर्दापनि बालवालिकाले आत्महत्या गर्न सक्ने भएकोले यसवाट अभिभावक र सबैले पाठ सिक्नु आवश्यक छ ।

त्यसैगरी १५ गतेकै दिन लगभग साँझको पाँच बजेतिर नै तुलसीपुर उप-महानगरपालिका वडा नं. १४ पढ्ढा स्थित फूपुको घरमा बस्दै आएकी १४ बर्षीया नीशा वलीले पनि आँफ्नै सलको प्रयोगले आत्महत्या गरेको अवस्थामा फेला परिन । वलीको स्थायी घर सल्यानको खलंगा नगरपालिका मेलघारी भन्ने स्थानमा हो । नीशाको मृत्युका पछाडिको कारण पारिवारीक विग्रह देखिन्छ । आमा अर्कैको पाईल गएको र बाबु रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले बताउँछ । नीशा त्यसपूर्व तुलसीपुरको एक होटेलमा काम गर्ने गरेको खुल्न आएको छ । तर उनी पछिल्लो समय पढ्ढा स्थित आफ्नो फूपुको घरमा बस्दै आएकी थिइन । डिप्रेसनमा परेर वलीले आत्महत्या गरेको हुन सक्ने प्रहरीलेका अनुमान छ । १० बर्षीया परियार र १४ बर्षीया वलीले आत्महत्या गर्नु समाज र राज्य दुबैको लागि ठूलो चुनौति हो ।

तर यस्ता गम्भिर प्रकृतिका घटानाको वारेमा प्रहरी होस वा अधिकारकर्मी कसैले पनि गम्भिर ढंगले परिस्थितिको विश्लेशन गर्न , अध्यन गर्न , परामर्ष दिन र क्षती न्यूनिकरणमा अपेक्षित ध्यान दिन सकेको देखिदैन । कुनैपनि घटना भइसकेपछि कोकोहोलो मच्चाउनु भन्दा त्यसपूर्व नै सावधानी अपनाउन राज्यले पनि आफ्ना संयत्रहरु परिचालन गरेको देखिदैन ।