काठमाडौँ।
इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले साना घरायसी उपकरण श्रेणीअन्तर्गत सञ्चालन गरेको नयाँ वर्ष उपहार योजनाका विजेता घोषणा गरेको छ । ‘एक्सपेरियन्स लाइफ विथ सीजी, भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानका विजेता घोषित भएका हुन् ।
यस विशेष योजनाअन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन् । उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको साना घरायसी उपकरण सीजी इग्नाइट टुबीएस खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए ।
हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता रणधीर गुप्तालाई उक्त आकर्षक उपहार हस्तान्तरण गरे ।
उपहार प्राप्त गरेपछि गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सीजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिए । सीजीका उत्कृष्ट साना घरायसी उपकरण देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू (सीजी डिजिटल) र एलजी ब्रान्ड सप, कम्पनीका आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ । सीजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्